नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, मृतकको संख्या ८१२ पुग्यो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित कोरोना संक्रमितको जम्मा संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २१५ छ ।
योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भइ डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना छन् ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८१२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १५५२ जना कोरोना संक्रमित भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


