नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६०० पुग्यो ।
काठमाडौं : नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या १००,६७६ पुगेको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैबीच
पछिल्लो २४ घन्टामा देशभित्र कोरोनाका कारण एक महिला र नौ पुरुष गरी १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै
देशभर ३१८ जना ‘आईसीयू’मा र ७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७,०५३ रहेको छ । सक्रिय संक्रमित ‘होम’ र संस्थागत ‘आइसोलेसन’मा रहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


