नेपालमा एकैदिन थप ४३ सय ६४ जनामा कोरोना पुष्टि

coronavirus_pic_web

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ।

त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP