कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि मालपोत कार्यालय स्याङ्जा र वालिङ शिल ।
स्याङ्जा :
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि स्याङजा र वालिङका दुई ओटै मालपोत कार्यालयका सेवा प्रवाह बन्द गरिएको छ । मालपोत कार्यालय स्याङ्जामा कार्यरत ति कर्मचारी वालिङ समेत केही दिन अगाडि आएको पाईएपछि दुवै मालपोत कार्यालय शिल गरिएको बताईएको छ ।
मालपोत कार्यालयका कर्मचारी अस्वस्थ भए पछि घरमा नै बसिरहेको जानकारी दिदै स्याङ्जाका स्वास्थ्य प्रमुख याम प्रसाद शर्माले त्रसित भईहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । प्रमुख शर्माले मालपोत कार्यालय स्याङ्जाको सेवा प्रवाहलाई कन्ट्रयाक ट्रेसिङ गरी नतिजा नआउदा सम्मको लागि रोक्न सुझाव दिएको बताउनु भयो ।
यता मालपोत कार्यालय वालिङको सेवा प्रवाह पनि केही दिनका लागि रोक्न भनिएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कन्ट्रयाक ट्रेसिङ गरी नतिजा नआउदा सम्मको लागि सेवा प्रवाह बन्द गर्न भनिएको छ’ ।
यो पनि हेर्नुहोस् :
- –स्याङ्जाका नयाँ सङ्क्रमित : प्रहरीले समातेका १९ जना जुवाडे सहित एक सरकारी कर्मचारी ।
- –स्याङ्जामा एकै पटक थपिए २२ जना सङ्क्रमित ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


