गल्याङका दलित समुदायलाई आरन व्यवस्थापनका लागि मेसिन हस्तान्तरण


गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका भित्रका आरन सञ्चालक दलित समुदायलाई आधुनिक आरन व्यवस्थापनका लागि हाते मेसिन (हेण्ड ब्लोर) वितरण गरिएको छ ।
गल्याङ नगरप्रमुख भुपराज अधिकारीले मंगलबार नगरपालिकाका भित्रका विभिन्न दलित समुदायहरुलाई आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गर्नुभएको हो ।
हाते मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबै काममा अब आधुनिकता आउनुपर्ने बताउनुभयो ।
परम्परागत तरिकाले आरन व्यवसाय सञ्चालन गर्दा कष्ट व्यहोर्नुपरेको भन्दै उहाँले आधुनिकिकरणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
सबै वर्ग, क्षेत्र, लिङ्ग र जातीका समुदायलाई माथि उकास्नु अहिलेको आवश्यकता रहेको भन्दै नगरप्रमुख अधिकारीले आफ्नो अधिकार प्राप्तिका लागि अझै जागरुक हुन सुझाब दिनुभयो ।
मेसिन वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष रामविर गुरुङको पनि सहभागिता रहेको थियो । गल्याङ नगरपालिका भित्रका १७ जना आरन सञ्चालकहरुलाई यो मेसिन हस्तान्तरण गरिएको स्टोर शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP