युवा नेता क्षेत्रीद्वारा खेल सामग्री प्रदान
वालिङ :
युवा नेता ईञ्जिनियर दिपेन्द्र क्षेत्रीले वालिङ ११ का दुई वटा क्लबलाई खेल सामग्री प्रदान गर्नुभएको छ ।
युवा नेता क्षेत्रीले वालिङ ११ तितापानीस्थित शिद्धबाबा युवाक्लब र नवोदय युवाक्लब प्रितिपलाई २÷२ थान भलिबल र १÷१ थान भलिबल नेट उपलब्ध गराउनुभएको हो ।
युवा वर्गलाई खेलतर्फ आकर्षित गर्दै खेल क्षेत्र र खेलाडीको विकासका लागि आँफू सदैव तत्पर रहेको बताउनुभयो ।
आफ्नोतर्फबाट अहिले खेल सामग्री वितरण गरेको र आगामी दिनमा अझै सहयोग गर्दै जाने युवा नेता क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा युवा ब्यवसायी शिव पंगेनी, तरुण नेताहरु विशाल पंगेनी, सम्भव अर्याल, सागर थापा, वडा नं. ११ का काँग्रेस नेताहरु भोजराज क्षेत्री, लक्ष्मण कुँवर, रमेश विक, लक्ष्मण रेग्मी, शिद्धबाबा युवाक्लब अध्यक्ष बुद्धबहादुर कुँवर, नवोदय युवाक्लबका सचिव राजु विक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


