गण्डकी प्रदेशका सांसद मल्ल पीडितको घरघरमा
नारायण विश्वकर्मा :
गण्डकी प्रदेशका सांसद भागवत प्रकास मल्ल यतिबेला बर्षाले घर भत्किएर विस्थापित भएका परिवार संगको भेटघाटमा व्यस्त बनेका छन् । उनले असार १२ गते बर्षाले घर भत्किएर विस्थापित बनेका गल्याङ नगरपालिका ११ भाटी सिम्लेका खगेन्द्र प्रसाद अधिकारीको भेटेरै समस्याका बारेमा वुझेका हुन् ।
घर भत्किएर पुर्णरुपमा क्षती पुगेपछि अधिकारी दाम्पती डेढ महिना देखि त्रिपाल मुनि छन् । ‘सारा दिन रोएरै वितेका छन्, अहिले सम्म घर बनाउन धेरै संग याचना गरेपनि कसैबाट सहयोग भएको छैन ।’ अधिकारीले सांसद मल्ल संग दुखेसो पाखे, ‘एउटा छोरो भारतमा मज्दुरी गर्छ, काठमाण्डौमा भएको एउटा छोरो लकडाउनले आउन पाएन, हामी वुढावुढी छिमेकीको साहारामा मात्र बाँचेका छौँ ।’ अधिकारीले सांसद मल्ल संग बस्ने छाप्रो बनाईदिन आग्रह समेत गरेका छन् । उनले पानी आउँदा त्रिपाल भित्र पानी आउने, भल पस्ने, बाच्छिटाले हान्ने लगाएतका समस्याले आफुलाई सताएको बताए ।
अधिकारीको घर निरीक्षणपछि स्याङ्जा जिल्ला प्रदेश नम्बर ‘ख’ बाट विजयी सांसद समेत रहेका मल्लले नेपाली कांग्रेस निरन्तर पीडितको पक्षमा भएकाले नआत्तिन अधिकारी दम्पतीलाई आग्रह गरे । उनले आफुले अधिकारीको उद्धार तथा राहातका लागि प्रदेस सांसदमा कुरा उठाउने बताए । सांसद मल्लले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट अधिकारीलाई वस्ने वास बनादिन अथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाए ।
यस्तै नेपाली कांग्रेस गल्याङ नगर समितिका सभापती श्यामप्रसाद वस्यालले अधिकारीको घर निर्माणमा नेपाली कांग्रेस गल्याङ नगर समितिले पुर्ण सहयोग गर्ने बताए । उनले व्यक्तिगत तर्फबाट समेत घर निर्माणका लागि दुई ट्याक्टर वालुवा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पीडित अधिकारीलाई १७ हजार पाँचसय सहयोग
पिडित अधिकारी दम्पतीको दयनिय अवस्था देखेपछि तत्कालका लागि राहातहोस भनेर सांसद मल्ल र नेपाली कांग्रेस गल्याङ नगर समितिको तर्फबाट १७ हजार पाँच सय रुपैयाँ सहयोग भएको छ ।
घर निरीक्षणको क्रममा जिल्ला विकास समितिका पुर्व उपाध्यक्ष लालगोपाल अर्याल, स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराई, कांग्रेस नेता स्याम भण्डारी, युवा नेता चन्द्र राना, नेपाल तरुणदल गल्याङ नगर समितिका संयोजक कृष्ण भट्टराई, युवा नेता छविलाल गाहा, राजेन्द्र भट्टराई, स्याम भट्टराई लगाएतको उपस्थिती थियो ।
यसअघि गल्याङ नगरपालिकाले त्रिपाल, एकबोरा चामल, रेडक्रस गल्याङ उपशाखाले त्रिपाल, भाँडाकुँडा र पाँच हजार, गल्याङका पत्रकार उदयराज भण्डारी ‘अतित’ ले एकहजार रुपैयाँ सहयोग गरेको पिडित खगेन्द्र प्रसाद अधिकारीले बताए । उनले गल्याङ नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष संकरदेब अधिकारी र वडा सदस्य गोपाल भण्डारी भत्किएको घर निरीक्षण गर्न आएकोे भन्दै नगरपालिकाको तर्फबाट पनि छिट्टै सहयोग आउने आश्वासन दिएर गएको बताए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


