स्याङ्जा : एसपी सहित २५ जना प्रहरीले कोरोना जिते
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २५ जना प्रहरीले कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयाे । कोरोना संक्रमण भएर उपचाररत ४१ जनाको दोस्रो पटक स्वाव संकलन गरि पठाईएकोमा २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयाे । डिएसपी अधिकारीका अनुसार शुक्रबार २२ जना र विहिबार एसपी सहित तीन जनाको दोस्रोपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रहरी मध्ये साउनको पहिलो साता तीन जना पहिलोपटक कोरोना संक्रमित भएका थिए । साउन १२ गते प्रहरी प्रमुख सहित १८ जनामा, १९ गते १६ जनामा र त्यसपछि चार जना प्रहरीमा कोरोना संक्रमण भएको थियो । प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आईसोलेसनमा बस्नु भएकाे थियाे । अन्य प्रहरी भने जिल्ला अस्पताल स्याङ्जा, कालिका सामुदायिक अस्पताल हेलु, गल्याङ नगर अस्पताल गल्याङमा रहेको आइसोलेसनमा उपचाररत थिए । कोरोना निको भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको अधिकारीले जानकारी दनुभयाे । उहाँले उनीहरुलाई एक हप्ता छुट्टै वस्ने व्यवस्था मिलाइएको बताउनु भयाे । अहिले १६ जना प्रहरी आइसोलेसनमा उपचाररत छन् ।
यो पनि पढ्नुहोस् : कोरोना जितेका एसपी भन्छन् 'आयुर्वेदिक औषधी र व्यायामले सहज बनायो।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


