स्याङ्जामा पहिलो पटक हेमोडायलायसिस सेवा शुरु
प्रकाश डोटेल/स्याङ्जा :
जिल्ला अस्पताल स्याङ्जामा हेमोडायलायसिस सेवा शुरु गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला अस्पतालको संयुक्त लगानीमा सेवा शुरु गरिएको हो ।
सेवा शुरु भएसँगै जिल्लामा रहेका मृगौला रोगीहरु हेमोडायलायसिस गराउनका लागि पोखरा, काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।
एक पटकमा ३ जनालाई डायलायसिस गर्न सकिने जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. शुसिल मारासिनीले जानकारी दिनुभयो । जिल्लामा झण्डै १ सयको हाराहारीमा डायलायसिस गर्ने मृगौला रोेगी रहेको डा. मरासिनीले बताउनुभयो ।
मन्त्रालय र जिल्ला अस्पतालको करिब ५० लाखको लागतमा सेवा शुरु गरिएको हो । सरकारको स्वास्थ्य नीति अनुसार हेमोडायलायसिस निःशुल्क गरिने स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराले जनाएको छ ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


