बाढि पहिरो प्रभावितलाई रेक्रसको सहयोग

गल्याङ :
अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागहरुमा वाढी र पहिरोले स्याङ्जाबासीलाई सताइरहेको छ र कति पय घरपरिवारलाई विस्थापित समेत बनाएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.७ कमेरे निवासी धन बहादुर थापाको १२ जनाको परिवार विस्थापित भएको छ र छिमेकी जुद्धराम दुवेका घरमा स्थापित गरिएको छ । भने सोही वडाको चोक निवासी मोहन सिङ गाहाको दुई जनाको परिवार विस्थापित पहिरोको कारण अन्य ६ घर पहिरोको जोखिममा डोलराज भण्डारी ,खेम कुमारी गाहा,छविलाल गाहा,गोविन्द बराल,अजय बराल गिर बहादुर थापाको घरका २० जना रहेको वडा सदस्य चण्डि प्रसाद भण्डारीले जानकारी दिनु भयो ।
त्यसै गरी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाले उपलब्ध गराएको त्रिपाल नेपाल रेडक्रस सोसाईटी गल्याङ उपशाखाले वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
स्थानीय श्रीमाया सारु, मन कुमारी पल्ली, धन बहादुर राना, तुलीसरा थाप, मन बहादुर राना,नारायण खनाल, रविन खनाल, लामदेव अधिकारी, हिमाल नयौपाने, रण प्रसाद अर्याल,देवी प्रसाद भण्डारी, खिमानन्द भूषाल, दया भूषाल, रीता भट्टराई लगाएतलाई त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी गल्याङ उपशाखाका सभापति लक्ष्मण प्रसाद भट्टराईले भन्नु भयो ।
उहाँले भन्नु भयो गल्याङ नगरपालिका भित्र रहेका पहिरो पिडितका घर घरमा पुगेर फोटो खिचेर पहिरोको रोकथामका लागि जिल्ला देखि ४८ वटा त्रिपाल ल्याएर वितरण गरिएको हो । उहाँले त्रिपालको लागि माग धेरै भएको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी गल्याङ उपशाखाका सचिव राजेन्द्रदेव खनालले आपत विपत र प्राकृतिक प्रकोपमा मानवीय सेवा भावले सहयोग गरेको बताउनु भयो । प्राकृतिक विपतमा हामी राहतका कार्यक्रममा एक भएर अगाडी वढ्नु पर्नेमा उहाँको जोड छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP