स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा विद्यार्थीलाई विरुवा वितरण
स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २००० विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको बिरुवा वितरण गरेको छ ।
प्रती विद्यार्थी ५ वटा र प्रत्येक विद्यालयलाई ५ वटा गरी जम्मा १० हजार ७ सय एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । एभोकाडो ९घ्यू फल० मा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकोले एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले विद्यार्थीलाई उत्पादन सँग जोड्ने कार्यक्रमू सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।
विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन आजैदेखि व्यावसायिक खेती तर्फ आकर्षित गर्न आफूहरूले जोड दिएको अध्यक्ष पौडेलको भनाइ थियो । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेज फी आफैँ तिर्न सकुन् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।

अधिकांश व्यापारीले बोटै मोल मोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताउनुभयो । फल्ने सिजनको सुरुवातीमा प्रति किलो एक सय ५० रुपैयाँदेखि मूल्य सुरु भएर सिजनको अन्तिम सम्म पाँच सय रुपैयाँ प्रति केजीसम्म हुने उहाँको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने र समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडोको खेती आँधीखोला गाउँपालिकाको हावापानीमा पनि सम्भव भएको कृषि प्राविधिक बिबेक आचार्यको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


