बाँदर आतंकले सिंगो बस्ती अन्यत्र सर्दै ।
भवानी अधिकारी/ स्याङ्जा
बाँदर आतंकले स्याङ्जाका सिंगो एक बस्ती बसाई सराई गरेको छ । बादरका कारण गाउलेबासी पिरोलिएका छन् । गल्याङ् नगरपालिका– १० स्थित डुबिन्डाँडा भुतिया गाउँबासी बादरकै कारण देखाउदै बसाइँसराइ गर्नेक्रम बढ्दो छ । सो वडाका ३० घररिवार बाँदर आतंक पहिलो कारण देखाउदै बसाई सराईको शिफारिस लिन आएको वडा कार्यालयले जनाएको छ । बाँदर आतंकका कारण यहाका धेरै खेतबारी बाझिएका छन । फल रोपेदेखि बाँदरले आक्रमण गर्न थालेपछि बाझै छाडेकोे उनीहरुको भनाई छ ।

सिँचाइको राम्रो सुविधा भएका खेतपनि बाझै रहेका छन् । खेतीपाती लगायो फल खानेबेला नहुदै बाँदरले सत्यानास बनाउछन सिमलसौराका राम शर्माले बताउनु भयो । हाम्रा जमिनमा जे अन्न लगायो त्यसको उत्पादन राम्रो हुन्छ । उर्वर र मलिलो माटो छ । तर, बाँदरले सखापै बनाउछ । त्यसैले हामीहरुले खेतबारी बाझै राख्न बाध्य भएका हौं ।’ उहाँले भन्नु भयो ।
गाउँका धेरैजसो जग्गाजमिन बाझै छ । एउटै ब्यक्तिका १० देखि २० रोपनीसम्म जग्गा बाँझै रहेका छन् । सो वडामा मात्र झण्डै ७ सय देखि एक हजार रोपनी भन्दाबढी जग्गा बाँदर आतंकका कारण बाँझै रहेकोे वडाध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले जानकारी दिनु भयो । वडाको सबैभन्दा ठूलो समस्या कसरी बाँदर नियन्त्रण गर्ने भन्ने रहेको छ अध्यक्ष शर्मा भन्नुहुन्छ । हुन त, गल्याङ नगरपालिका र वडा कार्यालय पनि बाँदर नियन्त्रणका लागि केही प्रयास गरेको थियो । तर, प्रभावकारी बनेन् । समस्या समाधानका लागि केन्द्रबाटै विशेष कार्ययोजना बनाईनुपर्दछ वडा अध्यक्ष शर्माको भनाई हो ।
हुलै बाधेर आउने बादँरले केही देख्न सक्दैन । खान मिल्ने सबै खान्छ । खानै नमिल्ने पनि टिपेर फालिदिन्छ । अन्न र फलको सत्यानास बनाउछन । बारीमा लगाइएका खुर्सानी बाहेक केही नराख्ने’ पूर्व कृषि बागवानी अधिकृत ख्यामनारायण चापागाई भन्नुहुन्छ । ‘एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पु¥याउँदा पनि समस्याको दीर्घकालीन समाधान हुदैंन बाँदर नियन्त्रणका लागि राज्यले नीतिगत ब्यवस्था बनाउनु पर्दछ ।’
त्यती मात्र होइन । बाँदरले घर भित्रै पसेर खाद्यान्न समेत खान थालेको छ । घरमा कोही नभएको मौका पारेर कौशीमा राखिएका अथवा आटीमा राखिएका अन्नपातलाई झयालबाट पसेर लाने गरेको छ । गल्याङ् ११ का माया भण्डारीले भन्नुभयो घरभित्रका मकैका झुत्ता समेत बोकेर हिड्छ बादरले ।
गल्याङ् मात्र नभई जिल्लाभरमा बाँदर आतंक समस्या जताततै छ । खेतबारी लगाएको फलफुल, अन्न तथा तरकारी बालीलाई बाँदरले बिनास गर्ने गरेको छ । घरभित्र थन्काइएका अन्नदेखि आँगनमा सुकाएको विस्कुन र खेतबारीमा लगाईएका अन्न पनि बाँदरले राख्दैन पिरालिदै भन्छन भीरकोट नगरपालिका १ का सीता अर्याल ।
नगरपालिकाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याए पनि समस्या समाधान हुन कठिन देखिएको छ । यहाका बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्ज तिर लगिए तर अन्यत्रका बाँदर आएर फेरि दुःख दिने गरेको माया पल्ली मगरको भनाई छ । तर किसानलाइ भने बाँदरबाट कसरी अन्नबाली जोगाउने भन्ने चिन्ता बढेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


