वालिङ : क्वारेन्टीनमा बसेकाहरुलाई सहयोग गर्ने बढे ।
आँधीखोला खबर :
भारतबाट आई वालिङको क्वारेन्टीनमा बस्दै आएकाहरुलाई सहयोग गर्नेहरु बढेको छ । गाँउगाँउमा रहेका आमा समुह, आईपिएम पाठशाला,क्लव तथा व्यक्तिगत रुपमा समेत सहयोग गर्ने बढेका हुन् ।
रोजगारीको शिलशिलामा भारतमा पुगेका कोरोनाको त्रास र लकडाउनका कारण स्वदेश फर्किएर क्वोरन्टीनमा बसिरहेकाछन् ।
बिभिन्न आमा समुहहरुले निरन्तर टपरी गाँसेर उपलव्ध गराउदै आएकाछन् । त्यस्तै कृषक समुह तथा बिभिन्न व्यक्तिहरुले तरकारी खाद्यान्न खाजाको लागि आवश्यक सामाग्री दिदै आएको बताउनु हुन्छ वालिङ नगर कार्यपालिका सदस्य युगमाया पंगेनी, उहाँ लगायतको नगरपालिकाको टोलीमा गाँउ गाँउका दाताहरुले दिएका सामाग्री ल्याई क्वारेन्टीनमा बसेकाहरुलाई बितरण गर्दै आएको छ ।
क्वारेन्टीनमा बसेकाहरुलाई सहयोग गर्न पाँउदा निक्कै खसी लागेको बताउनु हुन्छ वालिङ १० कि ७५ बर्षीय पेमा डुम्रे, उहाँले बृद्धभत्ताको रकम बचाई चामल लगायतका सामाग्री खरिद गरी उपलव्ध गराउनु भएको हो ।
.

वालिङ १० कै माहाकाली आमा समुह तथा हरियाली तरकारी समुहले समेत बिभिन्न सामाग्री प्रदान गरेकाछन् ।
त्यस्तै वालिङ १३ पाठेखोलामा सञ्चालित आईपिएम पाठशालाका सहभागीहरुले बिभिन्न प्रकृतिको तरकारी निशुल्क उपलव्ध गराएकाछन् ।
यस्तै वालिङ १० को बर्तुङ कालिका आमा समुहले क्वारेन्टीनमा बसेकाहरुलाई खाद्यान्न,तरकारी तथा दुनाटपरी प्रदान गरेकाछन् । उनीहरुले नगरप्रमुख दिलिप प्रताप खाँणलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समुहका अध्यक्ष भिमा सुवेदी, उपाध्यक्ष बिन्द्र सुवेदी लगायते सामाग्री नगर प्रमुख खाँणलाई हस्तान्तरण गरेकाहुन् । सो अवसरमा वडा अध्यक्ष अनन्तराज गैह्रेको समेत सहभागिता रहेको थियो । उनीहरुले २० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको स्थानीय युवा निसान्त सुवेदीले जानकारी दिनुभयो ।
.


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


