कोरियामा रहेका डुम्रेले गरे जन्मदिनका अवसरमा कोभिड राहत कोषमा सहयोग

वालिङ :

वालिङ नगरपालिका वडा नं १४ चालिसे घर भै हाल दक्षिण कोरियामा कार्यरत सन्दीप डुम्रेले आफ्नो जन्मदिनको अवसरमा राहत कोषमा सहयोग प्रदान गर्नुभएको छ । वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा डुम्रेका दाजु चक्रपाणी डुम्रे मार्फत नगर प्रमुख दिलीपप्रताप खाँणलाई सात हजार एक सय दस रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि सहयोग पुगोस् भन्ने उदेश्यका साथ नगरपालिकाको कोषमा उक्त रकम जम्मा गरेको डुम्रे ले बताउनुभयो । कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा बैदेशिक रोजगारको लागि कोरिया पुगेका डुम्रेले आफ्नो गृहनगर प्रति गर्नुभएको सहयोगको प्रशंसा गर्दै प्राप्त सहयोगको सही सदुपयोग गर्ने नगर प्रमुख खाँणले बताउनुभयो

नेपाल प्रेस युनियन स्याङजाद्धारा ध्यानाकर्षण

यसरी खुसी हुँदै बिदा भए स्याङ्जामा कोरोना जितेका ३ पुरुष-हेरौं भिडियो

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP