स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।
स्याङ्जा :
स्याङ्जामा आज एकै पटक १४ जना कोरोना संक्रमित थपिएकाछन् भने स्याङजा सहित गण्डकी प्रदेशमा ३८ जना थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिका कै क्वारेन्टीनमा बस्दै आएका १३ जना र भीरकोट नगरपालिका घर भई पालिका कै क्वारेन्टीमा बस्दै आएका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित पुष्टी हुनेहरुमा वालिङका २९,४९,३४,५२,३८,३१,२५,२७,४६,३७,२१,१८ र ३२ बर्षका पुरुष रहेकाछन् भने भीरकोट नगरपालिकाका ४५ बर्षका पुरुष रहेकाछन् ।
यो सँगै स्याङ्जामा संक्रमितको संख्या ३७ पुगेको छ ।
उनीहरु सबै भारतबाट आएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार वाग्लुङ १० जना, गोरखाका १० जना र नवलपरासी सुस्ता पूर्बबा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


