गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुग्यो
पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको हो । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो ।
३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।
उनीहरुलाई तनहुँ कै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको उहाँले बताउनु भयाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
यसैबीच स्याङजामा संक्रमितको संख्या १३ रहेकाे छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


