स्याङ्जामा थपिए ५ जना कोरोना संक्रमित,पर्वतमा पनि काेराेना देखियाे ।
स्याङ्जा :
स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको हो । यस्तै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएको बताईएको छ । उनीहरु सबै भारतबाट आएकाहुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ ।
यसैगरी गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पर्वतको फलेबास नगरपालिका ठेगाना भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टीनमा बस्दै आएका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टीनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु पनि हालैमात्र भारतबाट फर्किएका बताईएको छ ।
संक्रमित दशै जनालाई अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताउनु भयो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


