भारतबाट आइ स्याङ्जाकाे क्वारेन्टीनमा बसेर घर फर्कदै गर्दा बेहाेस भएका व्यक्तिकाे उपचारका क्रममा मृत्यु

स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिकामा तीन दिन क्वारेन्टीनमा बसेर घर फर्केका एक जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।
गत जेठ १३ गते भारतको सुनौली नाका हुँदै स्याङ्जा प्रवेश गरेका फेदीखोला गाउँपालिकाका वडा नं २ निवासी खड्कबहादुर कार्कीलाई जेठ १४ गतेबाट गाउँपालिकाको क्वारेन्टीनमा राखिएको थियो । ‘ गत शुक्रबार (जेठ १७ गते) स्वाब रिर्पोटमा नेगेटिभ आएपछि डाक्टरहरुको सल्लाहमा उहाँलाई घर पठाईएको थियो, तर घर जाँदै गर्दा बाटामै बेहोस भएपछि पालिकाकै सवारी सधानमा राखेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याईएको हो ’ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयाे ।
अस्पताल पुर्याएपछि उपचारकै क्रममा आईतबार राती करिब १० बजे उनलाई मृतक घोषणा गरिएको थियो । उनको निधन पश्चात गरिएको स्वाब रिर्पोट समेत नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच गाउँपालिका अध्यक्ष सुवेदीले एक बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीको निधन कोरोनासँग सम्बन्धित नभएको प्रष्ट पार्दै त्रसित नहुन आग्रह गर्नु भएकाे छ।
गाउँपालिकाले वढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै बाहिरबाट आउने व्यक्तिहरुको निगरानी र स्वास्थ्यमा समस्या देखिदासाथ पालिकामा सम्पर्क गर्नका लागि आह्वान समेत गरेको छ । पारिवारिक स्रोतका अनुसार मृतक कार्की उच्च रक्तचाप र मुटुरोगीको बिरामी समेत रहेका थिए ।
.

समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…