भारतबाट आइ स्याङ्जाकाे क्वारेन्टीनमा बसेर घर फर्कदै गर्दा बेहाेस भएका व्यक्तिकाे उपचारका क्रममा मृत्यु
स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिकामा तीन दिन क्वारेन्टीनमा बसेर घर फर्केका एक जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।
गत जेठ १३ गते भारतको सुनौली नाका हुँदै स्याङ्जा प्रवेश गरेका फेदीखोला गाउँपालिकाका वडा नं २ निवासी खड्कबहादुर कार्कीलाई जेठ १४ गतेबाट गाउँपालिकाको क्वारेन्टीनमा राखिएको थियो । ‘ गत शुक्रबार (जेठ १७ गते) स्वाब रिर्पोटमा नेगेटिभ आएपछि डाक्टरहरुको सल्लाहमा उहाँलाई घर पठाईएको थियो, तर घर जाँदै गर्दा बाटामै बेहोस भएपछि पालिकाकै सवारी सधानमा राखेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याईएको हो ’ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयाे ।
अस्पताल पुर्याएपछि उपचारकै क्रममा आईतबार राती करिब १० बजे उनलाई मृतक घोषणा गरिएको थियो । उनको निधन पश्चात गरिएको स्वाब रिर्पोट समेत नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच गाउँपालिका अध्यक्ष सुवेदीले एक बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीको निधन कोरोनासँग सम्बन्धित नभएको प्रष्ट पार्दै त्रसित नहुन आग्रह गर्नु भएकाे छ।
गाउँपालिकाले वढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै बाहिरबाट आउने व्यक्तिहरुको निगरानी र स्वास्थ्यमा समस्या देखिदासाथ पालिकामा सम्पर्क गर्नका लागि आह्वान समेत गरेको छ । पारिवारिक स्रोतका अनुसार मृतक कार्की उच्च रक्तचाप र मुटुरोगीको बिरामी समेत रहेका थिए ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


