स्याङजामा थपिए ३ जना कोरोना संक्रमित, संख्या पुग्यो ५
वालिङ :
स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन । वालिङ ठेगाना भै वालिङ नगर पालिकाको क्वारेन्टीनमा रहेका २६ र २२ बर्षका २ जना पुरुष तथा ३९ बर्ष का १ जना महिला गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु सबै भारतबाट आई क्वारेन्टीनमा बसेका हुन् ।
.
संक्रमित ३ जनालाई नै सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ, यस अघि वालिङ कै क्वारेन्टीनमा रहेका २ जनामा संक्रमण भेटिएको थियो । उनीहरुको पनि जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
१ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


