क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु,पिसिआर परिक्षण हुँदै ।
भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारतीय प्रहरीले जनाएकाे छ ।
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताउनु भएकाे छ । आँधीखोला खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो,’ पिसिआर परिक्षणको काम भईरहेको जानकारी प्राप्त भएको छ ।’ उहाँले भारतीय पक्षसँग सम्पर्क मा नै रहेको जानकारी दिनुभयो ।
ती युवा जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ ।
हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


