स्याङ्जामा एकजनामा आरडिटी पोजेटिभ, कोरोना-पिसिआर परिक्षणका लागि स्वाव पठाईदै ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जामा एकजनामा आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भएको छ ।
भारतबाट आएका व्यक्तिहरुलाई राम्दीमा परिक्षण गर्ने क्रममा एक जनामा आरडिटी पोजेटिभ देखिएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भारतबाट ११ जनाको समुह आएको थियो, उनीहरु मध्ये १ जनामा कोरोना परिक्षण आरडिटी पोजेटिभ पाईएको हो ।’ आरडिटी पोजेटिभ देखिएका व्यक्ति गल्याङ नगरपालिकाका स्थायी बासिन्दा रहेको उहाँले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उनको स्वाव संकलनको तयारी गरिरहेको भण्डारीले जानकारी दिनुभयो । उनलाई हाल गल्याङ नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP