लकडाउनका बीच गल्याङ बजारको अनुगमन, बिभिन्न पसलहरुलाई सचेत गराईयो ।
गल्याङ : विहिबार गण्डकी प्रदेश, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले गल्याङबजारको अनुगमन गरेको छ ।
गण्डकी प्रदेश कार्यालयबाट आएको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमन समितिका संयोजक तथा कार्यालयका निर्देशक गोकुल शर्मा पौडेलको नेतृत्वमा आएको टोलीले गल्याङ बजारमा विभिन्न पाँच वटा किराना, फलफुल तथा तरकारी पसलको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा पसलको नाम अङिकत बोर्ड राखेको नपाइएको, मुल्यसुची नराखेको, म्याद गुज्रेका सामान समेत विक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक पौडेलले बताउनुभयो ।
उहाँले पहिलो चरणमा सबै पसलहरुलाई साबधानी अपनाउन आग्रह मात्रै गरिएको भन्दै फेरी अर्को पटक पनि यस्तै अवस्था भए कारवाहीका लागि सिफारिस गर्ने बताउनुभयो ।
बजारमा आपूर्तिको अवस्था र कालोबजारीको अवस्थाबारे निरिक्षण गर्नका लागि अनुगमन गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
पौडेलले भन्नुभयो –‘समस्याको बेलामा आपूर्ति र कालोबजारीको अवस्थाबारे बुझ्ने प्रयास हाम्रो हो, यहाँ आपूर्तिको खासै समस्या देखिएन, अन्य समस्याहरु भने देखिए ।’
अनुगमन टोलीले अनुगमन सँगै रहेका गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल सहित केही व्यवसायीहरुलाई पसल सञ्चालनको प्रक्रिया बारे ध्यानाकर्षण पनि गराएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


