नेविसंघद्धारा कैदी/बन्दीलाई सेनीटाइजर र साबुन प्रदान
भवानी अधिकारी/स्याङजा :
नेपाल विद्यार्थी संघ क्षेत्रीय समिति स्याङ्जाले कारागार शाखालाई सेनिटाइजर र सावुन प्रदान गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न न्यूनतम सुरक्षाका उपकरणका रुपमा ती सामाग्री उपलब्ध गराएको क्षेत्रीय सभापति विज्ञान भण्डारीले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘कारागारमा एकै ठाँउमा धेरै कैदी/बन्दी बस्नुपर्ने बाध्यता भएको हुदाँे सरसफाईको धेरै महत्व हुने र सेनिटाइजरले कोरोना संक्रमण नियन्त्रणका लागि धेरै सहयोग पुग्दछ ।’
बिद्यार्थीहरुले कारागार शाखा प्रमुख चुडामणी भण्डारीलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारी, नेपाली काँग्रेसका कार्यवहाक सभापति वुद्धिबहादुर राना कुमार, नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, नेविसंघका नेता ईन्जिनियर अनुप श्रेष्ठ, क्षेत्रिय उपसभापति सौजन गुरुङ् र स्ववीयु उपसभापति एवं त्रिभुवन आर्दश क्याम्पस नेपाल बिद्यार्थी संघ एकाई सभापति गौरव प्रधान लगायतले सेनिटाइजर र साबुनको उपयोगिताका बारेमा जानकारी गराउदै ती सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
केही दिनअघि पनि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जाले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ मार्फत ४० हजार रुपैंया बराबरको थर्मल गन हस्तान्तरण गरेको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


