काञ्जीरोवा स्कुलले लकडाउनमा पनि अनलाइन कक्षा सञ्चालन गर्ने
कमल कोइराला/काठमाडौँ : हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना विषाणुका कारण देशभरिका विद्यालयहरूमा पढाइ ठप्प रहेको अवस्थामा राजधानीको कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले भने अनलाइन माध्यमबाट शिक्षण–सिकाइ क्रियाकलापलाई निरन्तरता दिने भएको छ । कोरोना महामारीका कारण सिर्जित बन्दाबन्दीको परिस्थितिमा पनि विद्यार्थीहरूको पठनपाठनलाई सुचारु राखी उनीहरूको सिकाइलाई नयाँ ढङ्गले प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । यही अभियानको पूर्वतयारीस्वरूप विद्यालयले शिक्षकहरूलाई यसअघि नै गुगल कक्षा सञ्चालनसम्बन्धी प्रशिक्षण दिइसकेको छ ।
त्यस्तै अनलाइन कक्षालाई प्रभावकारी बनाउन विद्यालयले आगामी वैशाख १० गतेदेखि प्रविधि–प्रयोगको प्रक्रियाबारे जानकारी दिँदै साप्ताहिक तथा मासिक शैक्षिक योजनाबारे विद्यार्थी र अभिभावकलाई समेत सामान्य प्रशिक्षण दिने योजना बनाएको छ । त्यसपछि दैनिक समयतालिका नै निर्माण गरी विद्यालयले विषयगत शिक्षण प्रारम्भ गर्नेछ । पठनपाठनका नियमित क्रियाकलापहरू सञ्चालन गर्न विद्यालयले स्कुल एप, फेसबुक, भाइबर, जुम प्रविधि, गुगल कक्षालगायतका उपायहरू अवलम्बन गर्ने योजना बनाएको विद्यालयका प्रधानाध्यापक रञ्जीत थापाले बताए । ‘यिनै प्रविधिको उपयोग गरी विद्यार्थीहरू यो अनिश्चितकालीन अवधिभरि आफ्ना विषयगत शिक्षकहरूसँग नियमित सम्पर्कमा रहेर अस्पष्ट कुराहरूमा स्पष्ट हुन सक्नुहुनेछ’ प्रधानाध्यापक थापाले भने ।
.

साथै कोराना महामारी र यसको विश्वव्यापी सङ्क्रमणले सिर्जना गरेको अनिश्चितताका कारण वार्षिक परीक्षाफल पनि प्रकाशन गर्न नसकिएको अवस्थामा अभिभावक र विद्यार्थीहरूको लामो समयदेखिको प्रतीक्षालाई सम्बोधन गर्दै विद्यालयले आगामी वैशाख ९ गते ‘स्कुल एप’ मार्फत् नतिजा प्रकाशन गर्ने योजना पनि बनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


