कोरोना संक्रमण पूर्ण निको भएर घर फर्किइन् १९ वर्षीया युवती
काठमाडौँ : कोरोना भाइरस संक्रमण देखिएकी काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।
उनले ४८ घण्टामा २ पटक कोरोना नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको बताए ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिवार घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते संक्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेसनमा उपचार हुँदै आएको थियो ।
यसअघि चीनको बुहानबाट आएका अर्का १ जनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


