जिल्ला अस्पतालमा नै छैन थर्माेगन, जिल्लामा भएका अन्य थर्माेगनले ज्वरो देखाएन ।

आँधीखोला खबर/स्याङ्जा :
विशेष क्लिनिक मार्फत ज्वरो आएका बिरामीको स्वास्थ्य परिक्षण गर्दै आएको जिल्ला अस्पताल स्याङ्जामा आवश्यक उपकरण तथा सामाग्री नभएको भन्दै स्वास्थ्यकर्मी चिन्तीत बनेकाछन्
कोरोना भाइरस कोभिड १९ को रोकथामको लागि देशभर लक डाउन गरेपछि अस्पतालले रुघा, खोकी लागेका बिरामीलाई लक्षित गरी छुट्टै फिबर क्लिनिक कक्ष निर्माण गरी उपचार गर्दै आएको छ ।
जिल्ला अस्पतालमा दैनिक छ सात जना ज्वरोको बिरामी आउने गरेका छन् तर उनिहरुको ज्वरो नाप्न जिल्ला अस्पतालमा एउटा पनि थर्माेगन छैन । थर्माेगन नहुँदा समस्या भएको जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन डाक्टर सुसिल मरासिनीले जानकारी दिनु भयो । पुतलीबजार नगरपालिकाले केही थान पिपिइ उपलव्ध गराए पनि त्यो प्रयाप्त नभएकाले उपचारका क्रममा आँफुहरुले समेत असुरक्षित महशुस गरेको डाक्टर मरासिनीको गुनासोे छ ।
अस्पतालमा आउने बिरामीको अवस्थाबारे पहिले सोधपुछ गर्ने र रोगको प्रकृति अनुसार परिक्षण गर्ने गरिएको जिल्ला अस्पताल स्याङ्जाका सिनियर स्वास्थ्य अधिकृत माधव प्रसाद भट्टराईले जानकारी दिनु भयो । बिरामीहरुलाई २४ सै घण्टा सेवा दिइरहेको अस्पतालले जनाएको छ । आवश्यक सामाग्रीको अभाव भए पनि हामीले बिरामीको परिक्षण निरन्तर गरिरहेका छौं अधिकृत भट्टराईले भन्नुभयो ।
यता वालिङमा पनि छुट्टै फिवर क्लिनक सञ्चालन गरिरहेको ग्रह्रौं प्राथमिक अस्पतालले जनाएको छ । दैनिक ज्वरोका बिरामी आउने गरेको बताउदै अस्पतालले आवश्यक्ता अनुशार उपचार गरिरहेको जनाएको छ । वालिङमा ज्वरो नाप्ने थर्माेगन र केही थान पिपिई बाहिरबाट समेत आएको अस्पतालका एवं सिनियर स्वास्थ्य अधिकृत तथा सुचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । अस्पतालमा रहेका थर्माेगनले ज्वरोका बिरामीको पनि ज्वरो नै नदेखाउने गरेको उहाँको भनाई छ । १ सय फरेनहाईट भन्दा धेरै ज्वरो आएको बिरामीको परिक्षण गर्दा जम्मा ९८ डिग्री फरेनहाईट देखायो हामीलाई तनाव बनायो सुचना अधिकारी भट्टराईले भन्नुभयो ।
अस्पतालका अनुशार नगरपालिकाले आफै उत्पादन गरेर उपलव्ध गराएको पिपिईका कारण बिरामी परिक्षण गर्न सहज भएको जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP