कोरोनाकाे शङ्का लागेका सबैलाई सरकारले क्वारेण्टाइनमा राख्न सक्दैन, आफैँ बस्नुपर्छ : स्वास्थ्यमन्त्री ढकाल
काठमाण्डौ : कोरोना भाइरसकाे सङ्क्रमण भएकाे शङ्का लागेका सबै व्यक्ति आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शङ्का गरिएका सबै व्यक्ति क्वारेण्टाइनमा बस्नुपर्ने तर चीनबाट उद्दार गरी ल्याइएका विद्यार्थीलाई जसरी क्वारेण्टाइनमा भने नराखिने बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
ठूलो समूहमा क्वारेण्टाइनमा राख्नुपर्ने अवस्थामा आएमा सरकारले खरिपाटी क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने मन्त्री ढकालले बताउनुभयो । युवा सङ्घले ध्यानाकर्षणपत्र बुझाउँदै सामाजिक सञ्जालमा अड्कलबाजीमै हल्ला फैलिरहेकाले आधिकारिक सूचना दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
सङ्क्रमण भएमा उपचार गर्ने र अरुमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सङ्घले आग्रह गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


