भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।

वालिङ :

नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेदेखि शुरु भएको नवौँ महोत्सव १२औँ दिनमा हिजो आईतबार समापन भएको हो । महोत्सवको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यकृष्ण वैद्यले मेला महोत्सव रमाइलोको लागि मात्र नभएको बताउनुभयो । रमाइलोसँगै आर्थिक उन्नतीको साथमा समाज प्रतिको जिम्मेवारी र उत्तरदायित्व उद्योग वाणिज्य संघमा रहने उहाँको भनाई थियो । १२ दिने महोत्सवले यो क्षेत्रको आर्थिक चलायमानमा टेवा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“मेला महोत्सव भनेको रमाइलोको लागि मात्र नभएर यो क्षेत्रका भेषभुषा, जातजाति, महिला समूह, किसान, युवालगायत सबै क्षेत्रलाई संवद्र्धन गर्ने हिसाबले हामी अगाडि बढ्छौं । आर्थिक उन्नतिको साथमा समाज प्रतिको जिम्मेवारी र उत्तरदायित्व उद्योग वाणिज्य संघमा रहन्छ, उहाँले भन्नुभयो ।

कार्र्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारी, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य युवराज राज भण्डारी, गरिमा विकास बैंकका कार्यकारी प्रमुख माधव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय तथा वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष माधव श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकारको तर्फबाट सल्लाहकार नेत्रप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

करिव ४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, शैक्षिक प्रर्दशनी, औद्योगिक र व्यापारिक स्टलहरु रहेका थिए ।

महोत्सवमा स्याङ्जा डान्स आईडलको उपाधि रविना राम्जारी हात पार्नुभएको छ भने आयुषा खत्रि द्धितिय, जयन्ती अर्याल तृतिय, सिशम सिंजाली सान्त्वना हुन सफल हुनुभएको छ । महोत्सवमा संचालित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बालविद्या विकास आवसिय मावि प्रथम, साईनभिलेज एकेडेमी मावि द्धितिय, अर्मादी आवसिय मावि तृतिय र पिसजोन इन्टिगे्रटेड एकेडेमी मावि सान्त्वना भएका छन् ।

Facebook Comments Box
TOP