अपुग निर्वाचन प्रहरी तीन जिल्लाबाट स्याङ्जा ल्याइयो
स्याङ्जा :
आगामी प्रतिनिधिसभाको निर्वाचन सुरक्षाका लागि स्याङ्जामा अपुग भएका निर्वाचन प्रहरी विभिन्न तीन जिल्लाबाट ल्याइएको छ । म्याद थप गरेर तथा दोस्रो पटक आह्वान गर्दा पनि निर्वाचन प्रहरीका लागि माग अनुसारको आवेदन नआएपछि बाहिरबाट ल्याइएको प्रहरीले जनाएको छ ।
स्याङ्जामा तनहुँबाट ६७, कास्कीबाट १३९ र नवलपरासीबाट २९० जना निर्वाचन प्रहरी जिल्लामा आएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्याङ्जामा ५०७ जना निर्वाचन प्रहरी अपुग थियो ।
स्याङ्जामा नेपाल प्रहरी तर्फ एक हजार नौ सय ४७ र सशस्त्र प्रहरी तर्फ १७९ जना गरी दुई हजार १२६ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएकोमा १६१९ जना छनोटमा परेका थिए । तीन जिल्लाबाट ल्याइदा पनि अझै ११ जना अपुग रहेको चौधरीले जानकारी दिनुभयो ।
बाहिरी जिल्लाबाट आएका मध्ये ६७ जना वडा प्रहरी कार्यालय वालिङ, २९० जना ईलाका प्रहरी कार्यालय चापाकोट र १३९ जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखेर तालिम दिईने प्रहरीले जनाएको छ । १० दिने तालिम आईतबारबाट सुरु भइसकेको चौधरीको भनाइ छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


