वालिङ महोत्सवमा साहित्यिक उत्सव
स्याङ्जा : वालिङ उद्योग वाणिज्य सङ्घ, स्याङ्जाद्वारा आयोजित वालिङ् महोत्सवको नवौँ संस्करणमा ‘साहित्यिक उत्सव’ बिहिवार सम्पन्न भएको छ ।
साहित्यिक उत्सव, साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाको संयुक्त संयोजनमा भएको कार्यक्रम सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षता तथा जेष्ठ नागरिक एवम् अग्रज साहित्यकार नीलकण्ठ लम्सालको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा दुई दर्जन बढी स्रष्टाले आफ्नो उत्कृष्ट रचना वाचन गरेका थिए । कार्यक्रममा कवि खगेन्द्रप्रसाद अर्याल, नीलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्ले, अग्निकुमार रेग्मी, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनालले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए ।
साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य र भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


