एमालेबाट निर्वाचित वडा सदस्य सहित सक्रिय कार्यकता कांग्रेसमा प्रवेश
स्याङ्जा :
चापाकोट नगरपालिका वडा नं १ मा नेकपा एमाले परित्याग गरी निर्वाचित वडा सदस्य सहित नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमका बीच पार्टी प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा, एमाले तर्फबाट वडा सदस्यका उम्मेदवार बाबुराम तिवारी, २०४८ सालदेखि नेकपा एमालेमा आबद्ध रहँदै आएका एकदेव तिवारी रहेका छन् । साथै युवाहरू कृष्णबहादुर आले, सन्तोष राना, हरिबहादुर बराल लगायत अन्य धेरै युवा पनि काँग्रेसमा आबद्ध भएका छन् ।
नेविसंघका पूर्व सभापति धनराज पौडेलले दिएको जानकारी अनुसार लोकतान्त्रिक मूल्य, विचार र जनताको सेवाको भावना अनुरूप काम गर्न सकिने विश्वासका साथ उनीहरूले नेपाली काँग्रेस रोजेका हुन् ।
उक्त प्रवेश कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का उम्मेदवार भागवत प्रकाश मल्ल, गण्डकी प्रदेश सभा सदस्य महेस भट्टराई, केदार काफ्ले लगायत काँग्रेसका नेताहरूले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले सबैलाई एकताबद्ध भएर लोकतन्त्रको रक्षा, सुशासन र चापाकोटको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।


समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


