आचारसंहिताको पालना गर्न स्याङ्जाका पत्रकार प्रतिबद्ध
स्याङ्जा :
स्याङ्जामा क्रियाशिल पत्रकारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाममा गरेको पत्रकारका लागि निर्वाचन आचार संहितासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा बोल्दै पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सफल बनाउन पत्रकारहरुले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध छौं ।”
कार्यक्रमा मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले भरपर्दो र सही सूचना प्रवाहको अपेक्षा आफूले गरेको बताउनुभयो । पत्रकारहरुले दिने सूचनालाई धेरै नागरिकले विश्वास गर्ने भन्दै गौतमले सवैको सहकार्यमा मात्रै निर्वाचन सभ्य र भव्य रुपमा सम्पन्न हुने हुने स्पष्ट पार्नु भयो ।
छलफलमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन पत्रकारहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । पत्रकार र प्रशासनको सहकार्यमा निर्वाचन सहज हुने उहाँको भनाइ छ ।
छलफलमा क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेल, निर्वाचन आचारसंहित अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी, प्रहरी प्रमुख दधिराम न्यौपाने, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरुको पूर्ण रूपमा पालना गर्ने बताएका हुन् । साथै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा २४ जना उमेदवार प्रतिस्पर्धा गर्दैछन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ बाट १ स्वतन्त्रसहित १२ जना र क्षेत्र नं. २ मा तीन जना स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा उत्रिएका हुन् ।
स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा जिल्लामा पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका १९९ मतदानस्थल मा ३२२ मतदान केन्द्र रहेका छन् । -gorkhapatraonline
समाचार
थप सामाग्री-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ-८ स्थित नेपाल आदर्श क्याम्पसका प्राध्यापक एवम् नेपाल आदर्श माध्यमिक विद्यालयका माध्यमिक तह इन्चार्ज शिवलाल गौतमको असामयिक…


