नवौं वालिङ महोत्सव आईतबार सकिँदै ।

वालिङ :
स्याङ्जाको वालिङ खेलमैदानमा नवौं वालिङ महोत्सव सम्पन्न हुन अब २ दिन बाँकी रहेको छ । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव आम्रो पहिचान भन्ने नाराका साथ वालिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १४ गतेबाट सुरु भएको महोत्सव २५ गते आईतबार समापन हुँदैछ ।

महोत्सवमा हरेक दिन विद्यालयस्तरीय नृत्य, भजन गित र रत्यौली गित प्रतियोगिता संचालन भईरहेका छन् भने ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दिनहुँ आफ्नो प्रस्तुति राख्दै आएका छन् । महोत्सवमा हिजो चर्चित गायक अर्जुन सापकोटाले आफ्नो चर्चित गितहरुले दर्शकलाई मनोरञ्जन गराउनुभएको छ ।

महोत्सवमा शुक्रबार युवाहरुमाँझ निकै लोकप्रिय पोख्रेली व्याण्ड टुकी व्याण्डको लाईभ कन्र्सट रहेको थियो भने पछिल्लो समय निकै चर्चित गितहरु मार्फत दर्शकको माया पाउनुभएकी शान्ता रानी परियार तथा जनगायक जीवन शर्माको पनि विषेश प्रस्तुति रहेको आयोजक संघका सचिव तथा कलाकार व्यवस्थापन उपसमितिका संयोजक पिताम्बर खनालले जानकारी दिनुभयो ।

महोत्सवमा लोकविधासंगै हास्यव्यांग्य र विषेश युवाहरुको रुचि र चाहनालाई मध्यनजर गर्दै विभिन्न व्याण्डहरुको पनि लाईभ कन्र्सट गरिएको छ । यसअघि कन्दरा व्याण्ड, डि मर्चा व्याण्ड र रकहेड व्याण्डको लाईभ कन्र्सट थियो भने २५ गते प्रमोद खरेल तथा परम्परा ब्याण्डको कन्र्सट रहने आयोजकले जनाएको छ ।


महोत्सवमा परम्परासंगै यसपटक ५ वटा व्याण्डहरुले छुट्टाछु्टटै आफ्नो लाईभ कन्र्सट गरेका थिए । पछिल्ला दिनहरुमा दर्शकको निकै बाक्लो सहभागिता रहँदै आएको छ । यसपटकको महोत्सवमा जलपरीको दृष्य अवलोकनसंगै गोल घरमा दर्शक निकै आर्कषित भएका छन् ।

महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी एवं विक्रि, रैथाने बिउ प्रर्दशनी तथा विक्रि, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका छन् ।

Facebook Comments Box
TOP