लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ ।
६२ औं वार्षिकोत्सव, अभिभावक दिवसका अवसरमा शिक्षकहरुलाई सम्मानित गरेको हो । एसईई र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका ८ जना शिक्षकलाई सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक सीता गैह्रे गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रुम टु रिड कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म राम्रो शिक्षण गर्ने तीन जना नेपाली भाषा शिक्षकलाई समेत सम्मानित गरिएको छ ।
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख खेमनारायण काफ्ले शिक्षाको गुणस्तर सुधारमा स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ–१३ का वडा अध्यक्ष नमलाल डुम्रे, समाजसेवी हेमन्त गैह्रे, विद्यालयका पूर्व प्रधानाध्यापक हेमप्रसाद गैह्रे, जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैह्रे,अकला आवाजसाप्ताहिकका प्रबन्धक पत्रकार ध्रुव गौडेल, मुटुभञ्ज्याङ विद्यालयका शिक्षक इन्द्रप्रसाद पाठक तथा गणेश गैह्रे लगायतले विद्यालयको ६२ वर्ष लामो गौरवमय शैक्षिक यात्राको चर्चा गर्दै गर्नु भएको थियो ।
सो अवसरमा विद्यालयकी प्रधानाध्यापक सिता गौडेल गैह्रेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक अवस्थासम्बन्धी वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
शिक्षक पारिश्वर न्यौपानेको स्वागत संगै सुरु भएको कार्यक्रमको सञ्चालन नेत्रप्रसाद गैह्रेले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका थिए ।

विद्यालयमा अक्षयकोषको स्थापना :
लक्ष्मी माविमा विभिन्न व्यक्तिले अक्षयकोषको स्थापना गरेका छन् ।
बिष्णु सुवेदी गैह्रेले आफ्ना श्रीमान लेखनाथ गैह्रेको स्मृतिमा रु ५० हजारको अक्षयकोषको स्थापना गर्नु भएको छ ।
यस्तै भूमादेवी गौडेलले आफ्ना बुवा लोकनाथ गैह्रे र आमा डिल्लीसरा गैह्रेको स्मृतिमा रु ५० हजार पाँच सय ५५ तथा खगिसरा गैह्रेले आफ्ना श्रीमान् ऋषिकेश गैह्रेको स्मृतिमा रु १० हजारको अक्षयकोषको स्थापना गर्नु भएको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट प्रत्येक बर्ष विद्यार्थीहरुलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक सीता गौडेल गैह्रेले जानकारी दिनुभयो ।
विद्यालयमा झण्डै दुई सय विद्यार्थी पढ्दै आएका छन् ।
विद्यालयका लागि वालिङमा रहेको अल्विन ट्रेडर्सका सञ्चालक टेकलाल खनालले विद्यालयका लागि रु दुई लाख बराबरको टेबुल फर्निचर लगायतका सामाग्री सहयोग गर्नु भएको विद्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


