पाठेखोलामा सञ्चालित महायज्ञको आयव्यय सार्वजनिक

स्याङजा :

गत साउन १ देखि ३१ गतेसम्म सञ्चालित शिव पुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको हो ।
महायज्ञबाट सम्पूर्ण खर्च कटाएर कूल १३ लाख ४० हजार ३ सय ९० बचत भएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिपेन्द्र गैह्रेले जानकारी गराउनुभयो । महायज्ञमा कूल ३२ लाख ७२ हजार १ सय २८ आम्दानी भएको थियो । दान सहयोग, दान पेटिका, आरती, विभिन्न झाँकी, तण्डुलाचलमा जम्मा भएको चामल विक्रिलगायतबाट उक्त आम्दानी भएको हो । यसमध्येबाट महायज्ञ प्रचार प्रसार, महायज्ञ व्यवस्थापन, दान दक्षिणा, पूजा सामग्रीलगायतमा गरी रु. १९ लाख ३१ हजार ७ सय ३८ खर्च हुँदा कूल रु. १३ लाख ४० हजार ३ सय ९० बचत हुन आएको हो ।
कार्यक्रमा वडा अध्यक्ष नमलाल डुम्रे, मन्दिर व्यवस्थापन समितिका सचिव यज्ञ प्रसाद पाठक लगायतले बोल्नु भएको थियो ।

यो पनि : समाजसेवी पण्डित नारायण डुम्रे सम्मानित ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP