समाजसेवी पण्डित नारायण डुम्रे सम्मानित ।
स्याङजा :
स्वदेश तथा विदेशमा रहेर समाजसेवामा सक्रिय रहँदै आउनु भएका पण्डित नारायण डुम्रेलाई सम्मान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ पाठखोला स्थित शिव पार्वती त्रिवेणीधाममा सञ्चालित ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गर्ने क्रममा डुम्रेलाई सम्मानित गरिएको हो ।
धार्मीक तथा सामाजिक क्षेत्रमा क्रियाशिल डुम्रे विभन्नि देशहरुमा पुगेर धार्मिक तथा सामाजिक कार्य गर्दै आउनु भएको छ ।
वालिङ नगरपालिका वडा नं १४ स्थायी घर भई वालिङ नगरपालिका वडढा नं.९ भुम्रे बस्दै आउनु भएका डुम्रेलाई महायज्ञ आयोजक समितिका अध्यक्ष दिपेन्द्र गैह्रेले डुम्रेलाई दोसल्ला आढाएर सम्मान गर्नु भएको हो ।
सम्मान पछि डुम्रेले शिव पार्वती त्रिवेणीधामको बृहत योजना निर्माणका लागि विदेशबाट सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा महायज्ञका कथा वाचक तथा व्यास प्रकाश तिवारीलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच गत साउन १ देखि ३१ गतेसम्म सञ्चालित शिव पुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको हो ।
महायज्ञबाट सम्पूर्ण खर्च कटाएर कूल १३ लाख ४० हजार ३ सय ९० बचत भएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिपेन्द्र गैह्रेले जानकारी गराउनुभयो । महायज्ञमा कूल ३२ लाख ७२ हजार १ सय २८ आम्दानी भएको थियो । दान सहयोग, दान पेटिका, आरती, विभिन्न झाँकी, तण्डुलाचलमा जम्मा भएको चामल विक्रिलगायतबाट उक्त आम्दानी भएको हो । यसमध्येबाट महायज्ञ प्रचार प्रसार, महायज्ञ व्यवस्थापन, दान दक्षिणा, पूजा सामग्रीलगायतमा गरी रु. १९ लाख ३१ हजार ७ सय ३८ खर्च हुँदा कूल रु. १३ लाख ४० हजार ३ सय ९० बचत हुन आएको हो ।
कार्यक्रमा वडा अध्यक्ष नमलाल डुम्रे, मन्दिर व्यवस्थापन समितिका सचिव यज्ञ प्रसाद पाठक लगायतले बोल्नु भएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


