लायन्स क्लब गल्याङको आयोजनामा बृक्षारोपण
हिमाल न्यौपाने/गल्याङ :
लायन्स क्लब अफ गल्याङ सिटिको आयोजनामा बृक्षारोपण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. २ हुलाक डाडामा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा न २ का वडा अध्यक्ष खड्क बहादुर थापाले एक व्यक्ती एक बिरुवा लगाउनु पर्नेमा जोड दिनुभय । उहाँले भन्नुभयो,“वातावरण हराभराले हामी लाई सकारात्मक उर्जा प्रदान गर्दछ ।”
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ डिस्टिक ३२५ एम का डिपार्टमेन्ट हेड ओम बहादुर थापाले हामी समाज लाई सकारात्मक सन्देश दिदै सेवाको भावलाई आत्मसात गर्दै सामाजिक सेवामा लागेको बताउनु भएको थियो ।
कार्यक्रम मा लायन्स क्लबका डिस्ट्रीक चियरपर्शन अर्जुन प्रसाद बस्याल, किसान श्रेष्ठ , हुलाक डाडा वन उपभोक्ता समितीका उपाध्यक्ष क्याप्टेन रिम बहादुर थापा लगाएत बोल्नु भएको थियो ।
कार्यक्रम संयोजक एब पूर्ब अध्यक्ष नेत्र प्रसाद पाण्डेयले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष सुब्दार यौ बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब बिष्णु अधिकारी गर्नु भएको थियो । सो अवसरमा धुपी जातका ५० बिरुवा लगाइएको थियो

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


