कृषि विकास वैंक चापाकोटद्वारा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
गोपिकृष्ण रेग्मी/चापाकोट :
कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ( सप्ताहब्यापी ) कार्यक्रम गरी मनाएको छ। सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तीय कार्यक्रमलाई कृषि विकास बैंकले चापाकोटकाे जनज्योति माविमा सम्पन्न गरेको हो । जनज्योति माविमा अध्ययनरत कक्षा ९,११ र १२ का करिव ७५ जना विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरिएको बैकका कर्मचारी भिष्मा जोशीले जानकारी दिनु भयो । तालिममा प्रविधिमैत्री वैकिङ कारोबारोको आजको आवश्यकताको महत्व हुदाहुदै पनि विद्यार्थीहरु माझ बैक पुर्याउनु पर्ने विद्यालयका प्राचार्य गुरु प्रसाद पङेनिले बताउनु भयो । विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन जस्ता विषयका सम्बन्धमा जानकारी दिएको हो । कार्यक्रममा कृषि बैक चापाकोट शाखाका प्रवन्धक अर्यालले शहरदेखी गाउँसम्म बृहत शाखा सञ्जाल भएको तपाई हाम्रो घर आँगनको कृषि विकास बैंक सँग कारोबारो गरि आधुनिक वैकिङ सुविधाहरु उपयोग गरि लाभ लिन आग्रह गर्नुभएको थियो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


