जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
स्याङ्जा :
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको पहिलो एकल कृतिको रूपमा प्रकाशित भएको कविता कृति आँखीझ्यालको विमोचन गरिएको छ । विमोचन गरिएको कृतिबारेमा समीक्षक जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।
यस्तै, जगत्रदेवी साहित्य सङ्गमले स्थापना गरेको जगत्रदेवी साहित्य सम्मान–२०८० जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष अग्रज साहित्यकार डुम्रेलाई समर्पण गरिएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्याल, मिलन समीर, हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, लीलाबल्लभ अर्याल, सूर्यप्रसाद डुम्रेले कविता, गजल र मुक्तक वाचन गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले साहित्य एक कला भएको र सबैसँग फरक कला हुने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


