लुडो खेलेको आरोपमा पोखरामा ५ जना पक्राउ, ७२ हजार रुपैयाँ जफत ।
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा-११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा-६ का ३९ वर्षीय विकास पुन छन् ।
उनीहरुलाई पोखरा ११, धरहरा मार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुबाट एउटा लुडो खेल्न प्रयोग हुने बोर्ड, विभिन्न रङका १६ वटा गोटीलगायत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।
त्यस्तै, शनिबार नै प्रहरीले पोखरा-१२ अमरसिंहबाट जुवा खेलिरहेको अवस्थामा थप ७ जनालाई पक्राउ गरेको छ । अमरसिंहमा बस्ने नरबहादुर गुरुङको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा पोखरा १२ का ६५ वर्षीय नरबहादुर गुरुङ, ६७ वर्षीय बलराम थापा, ४४ वर्षीय भीमबहादुर मगर, ५३ वर्षीया कृष्णकुमारी विक, ५२ वर्षीय सोमबहादुर तामाङ, ४९ वर्षीय जसबहादुर गुरुङ र ५० वर्षीया मीना गुरुङ छिन् ।
उनीहरुकोे साथबाट २ सय १२ पत्ती ताससहित ६४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


