कन्डम आयातमा वृद्धि, ६ महिनामै १२ करोड भन्दा बढि रुपैयाँ बाहिरियो ।
काठमाण्डौ:
चालू आर्थिक वर्ष २०८०र८१ को ६ महिनाको अवधिमा विदेशबाट झन्डै २ करोड वटा कन्डम भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ९८ लाख ९० हजारभन्दा धेरै वटा कन्डम आयात भएको हो ।
सङ्ख्याको कन्डम आयातमा नेपालबाट १२ करोड ९१ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ सङ्ख्याको कन्डम भित्रिँदा राज्य कोषमा २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
नेपालमा सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको छ । भारतबाट ११ करोड ८० लाख ५६ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यो मूल्य बराबरको १ करोड ९१ लाख ४० हजार वटा कन्डम भारतबाटै भित्रिएको तथ्याङ्कले देखाएको छ ।
यसपछि, कोरियाबाट साढे ५२ लाख रुपैयाँको आयात हुँदा मलेसियाबाट साढे ३३ लाख र चीनबाट २५ लाख ४० हजार रुपैयाँको कन्डम भित्रिएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा २ करोड रुपैयाँभन्दा धेरैले कन्डम आयात बढेको छ ।
गत आर्थिक वर्षमा १० करोड १२ लाख ३१ हजार रुपैयाँको भित्रिएको थियो । उक्त अवधिमा १ करोड ९१ लाख ७९ हजार वटा कन्डम भित्रिएको तथ्याङ्क छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


