बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी हिरासतमा ।
काठमाण्डौ:
बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका व्यापारी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
चौधरीलाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।
प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो ।
चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो । उनलाई सीआईबी हिरासतमा राखिएको छ । पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
प्रहरीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


