पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष सिग्देल सम्मानित ।

स्याङ्जा :
स्याङ्जा उद्योग वाणिज्य संघले ३८ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरेको छ । क्रियाशिल पत्रकारको रुपमा अध्यक्ष सिग्देललाई सम्मान गरिएको संघले जनाएको छ ।
वाणिज्य संघले लामो समय क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा लागेर समाजलाई सुसूचित बनाएको भन्दै महासंघका अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो । विगत ढेड दशक देखि पत्रकारितामा क्रियाशिल महासंघका अध्यक्ष सिग्देललाई संघले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुुनुभएका महासंघका अध्यक्ष सिग्देल पब्लिक आवाज साप्ताहिक पत्रिकाका कार्यकारी अध्यक्ष, सगरमाथा टेलिभिजनका जिल्ला संवादाता, राजधानी दैनिकका जिल्ला संवादातालगायत धेरै मिडियामा कार्यरत रहनुभएको छ ।
यसैबीच
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८औँ साधारण सभा तथा १९औँ अधिवेसनको उद्दघाटन समारोह शुक्रबार स्याङ्जामा सम्पन्न भएको छ ।
संघको वार्षिकोत्सव तथा अधिवेसनको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रलाई राज्यले उचित सम्मान नगरेको बताउनुभयो ।
कोभिड १९ पछाडि देखिएको समस्या निराकरण गर्दै व्यापार व्यवसायलाई चलायमान बनाउन र व्यापारी व्यवसायीलाई यो पेशाबाट पलायन हुनुपर्ने अवस्था नआउने गरी वाणिज्य संघले योजनावद्ध रुपमा अगाडि बढ्नुपर्नेमा श्रेष्ठको जोड छ ।

Facebook Comments Box
TOP