दशै अवधिधर स्याङ्जाका ९८ शक्तिपीठमा ४ हजार भन्दा पाठापाठीको बली

स्याङ्जा :
दशैंको अवधिभर स्याङ्जाका विभिन्न शक्तिपीठहरुमा ४ हजार ३७ पाठापाठीको बली दिईएको छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्मको अवधिमा जिल्लाका ९८ वटा शक्ति पीठहरुमा उक्त पाठापाठीको बली दिईएको हो ।
एघार वटा पालिकाका शक्ति पीठहरुको तथ्याङ्क सङ्कलन गर्दा युवाहरुलागि नमुना बाख्रा गाउँ अभियान, स्थानीय जनप्रनिधिहरु, मन्दिर ब्यवस्थापन समितिको सहयोगमा जिल्लाभरको तथ्याङ्क लिदा सो तथ्यांक पाइएको अभियन्ता सुशील अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार ९८ वटा शक्ति पीठहरुमध्ये दुई वटामा पाठीको बली दिईन्छ भने अन्यमा पाठा तथा बोकाको बली दिने गरिएको उहाँले बताउनुभयो ।
बली दिंदा अनुमानित पाँच करोड ८५ लाख ३६ हजारको पाठापाठी बिक्री भएको र छिटफुट बाहेक सबैजसो पाठापाठी जिल्लाभित्रैबाट खपत भएको उहाको दावी छ । पछिल्ला बर्षहरुमा ब्यावसायिक बाख्रा पालन गर्नेतर्फ आर्कषण बढ्दै जादा जिल्ला बाख्रा तथा खसीमा आत्मनिर्भर भएको पनि उहाले भन्नुभयो ।
समाचार
थप सामाग्री
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
२ दिन अगाडि
गण्डकी– पोखरा स्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने…