दोस्रो मनकामना महोत्सव २०८० हुने
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिका ७ मा अवस्थित मनकामना मन्दिरमा दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिने भएको छ । यही कार्तिक ९ गतेदेखी ११ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो । ‘दोस्रो मनकमना महोत्सव सफल पारौ, धार्मिक्, सास्कृतिक्, पर्यटन तथा खेलकुद विकासमा टेवा पुत्याउ’ भन्ने मुल नारा सहित आयोजना हुने महोत्सवमा स्थानिय कला सस्कृति, कृषि उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी शैक्षिक प्रदर्शनीका साथै स्थानिय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको साङ्गितिक तथा हास्यव्यङ्य प्रस्तुति रहनेछ ।
खेलकुदतर्फ प्रथम होम बहादुर राना कप वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रचार प्रसार संयोजक धन बहादुर थापाले बताए । प्रतियोगितामा प्रथम्, दित्तिय, तृत्तिय र सान्त्वना हुनेले क्रमश ः १ लाख ११ हजार १ सय ११, ७१ हजार १ सय ११, ४१ हजार १ सय ११ र २१ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने खेलकुद उपसमितिका भक्तराज गुरुङ्ले बताए ।
स्याङ्जा जिल्लाका आसपास तथा विभिन्न ठाउँबाट भक्तजनको व्यापक सहभागिता रहने यस मन्दिर अहिले पुन निर्माणको चरणमा रहेको छ् । निर्माण सम्पन्न हुन लगभग ७ करोड लागत अनुमान गरिएकोमा अहिले दुइमध्ये एक मुख्य मन्दिर पुन निर्माणको अन्तिम चरणमा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा बिरुवा गापा – ७ का वडा अध्यक्ष मेखराज गुरुङले बताए । मन्दिरलाइ अझ व्यवस्थित गर्नको लागी यो महोत्सबले टेवा पु¥याउने विश्वास अध्यक्ष गुरुङ्को छ ।
असोज शुक्ल पुर्णिमाको अवसर पारी बर्षेनी भव्य पुजाआजा तथा मेला हुदै आएको यस मन्दिरमा यस वर्ष भने महोत्सवको आयोजना गरिएकोले सबैलाइ उपस्थित भै भव्य रुपमा महोत्सव सम्पन्न गर्नको लागि आयोजकले अपिलसमेत गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


