अपडेट : स्याङ्जामा माइक्रो र भारतीय बस ठोकियो, १३ जना घाईते ।

वालिङ,साउन २२ गते ।
स्याङ्जाको भिरकोट नगरपालिका ४ छाङछाङ्दीमा माइक्रो बस र भारतीय बस एक आपसमा ठोकिँदा १३  जना घाइते भएका छन् ।
काठमाडौँबाट स्याङ्जाको वालिङ जादै गरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको GJ05BX2323  नम्बरको बस सोमवार साँझ ६ बजे एक आपसमा ठोकिँदा १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घाईते मध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।
माइक्रोका चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माईक्रो सहचालकलाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरीको भनाई छ ।
दुर्घटनामा परि घाईते हुनेहरुमा
१) स्याङजा वालिङ न.पा.२ बस्ने बर्ष ३७ कि पबित्रा सोनाम, दाया खुट्टामा चोट, मध्यम ।
२) स्याङजा वालिङ वडा नं.९ बस्ने बर्ष ५८ को दुर्गा ब.गुरुङ, बाँया खुट्टामा चोट, मध्यम ।
३)स्याङजा वालिङ .२ बस्ने बर्ष २३ कि मुना गुरुङ, दुबै खुट्टामा चोट, मध्यम ।
४)स्याङजा वालिङ १३ बस्ने मन्जु एस. के. अनुहार कम्मरमा चोट, मध्यम ।
५)स्याङजा वालिङ ८ बस्ने बर्ष ३५ की सरीता रेग्मी, टाउको र खुट्टामा चोट, मध्यम ।
६) स्याङजा.भिरकोट न.पा.हाल वालिङ न.पा.१ बस्ने बर्ष ६६ को मनसुभा नेपाली, टाउकोमा चोट ।
७) चापाकोट न.पा.३ बस्ने बर्ष ४७ को बेद ब.थापा, दुबै खुट्टामा चोट, मध्यम ।
८) चापाकोट.४ बस्ने बर्ष ४० मिन ब.सारु, अनुहार कम्मरमा चोट, मध्यम ।
९) पर्बत बिहादी गा.पा.४ बस्ने बर्ष ७९ को रुकमागत भुसाल, बाँया खुट्टा र कम्मरमा चोट, मध्यम ।
१०) बिहादी .६ बस्ने बर्ष ५३ को टेक ब.बस्याल, दुबै खुट्टामा चोट, मध्यम ।
११) वालिङ न.पा.२ बस्ने बर्ष २३ कि सुमित्र थापा मगर, दुबै खुट्टा र बाया हातमा चोट, मध्यम ।
उनीहरु सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेको प्रबक्ता खनालले जानकारी दिनुभयो । दुबै सवारी साधन र भारतीय बस चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँको भनाई छ । दुर्घटना पछि केहीबेर अवरुद्ध रहेको सडक पूर्णरुपमा सञ्चालनमा रहेको छ ।

यो पनि पढ्नु होस्  : स्याङ्जामा माइक्रो र बस ठोकियो,१० जना भन्दा धेरै घाईते, विवरण आउन बाँकी ।

Facebook Comments Box
TOP