स्याङ्जामा माइक्रो र बस ठोकियो,१० जना भन्दा धेरै घाईते, विवरण आउन बाँकी ।
वालिङ,साउन २२ गते ।
स्याङ्जाको भिरकोट नगरपालिका ४ छङछाङ्दीमा माइक्रो र बस एक आपसमा ठोकिएका छन् दुर्घटनामा परि १० जना भन्दा धेरै घाईते भएका प्रहरीको भनाई छ ।
काठमाडौँबाट स्याङ्जाको वालिङ जादैँ गरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र बुटवलबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको भारतीय बस सोमवार दिउसो एक आपसमा ठोकिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुशार दुर्घटनाको विवरण संकलन गर्ने काम भईरहेको छ । पूरा विवरण आउन बााकी नै छ । घाईतेहरुको उद्धार कार्य पनि जारी रहेको छ ।
घाइतेमध्ये माइक्रो बसका चालक र सहचालकलाई उपचारका लागि पोखरा पठाईएको छ बाँकी सबै जनाको गह्रौ प्राथमिक अस्पताल वालिङ मा उपचार भइरहेको प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


