पुतलीबजारको पचास प्रतिशत छात्रबृत्तीमा २८ जनालाई प्राबिधिक शिक्षा
स्याङ्जा :
पुतलीबजार नगरपालिकाले प्राबिधिक शिक्षामा जोड दिने उदेश्यले ५० प्रतिशत छात्रबृत्तिमा २८ जनालाई अध्ययनको अवसर दिने भएको हो ।
कक्षा ११ लाई लक्षित गर्दै नगरपालिकाका १४ वटा वडाबाट दुई÷दुई जना छनौट गरिने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । गरिब तथा जेहेन्दार बिद्यार्थी पहिलो प्राथमिकतामा पर्ने उहाको भनाई छ ।
उहाका अनुसार, ‘प्राबिधिक तथा सिभिल इन्जिनियरिङ् अध्ययन गर्न चाहने तर, आर्थिक अवस्थाका कारण पढ्न नपाउने बालबालिकालाई लक्षित गर्दै अध्ययनबाट बंचित हुन नपरोस् भन्ने पालिकाको चाहना हो ।’ यसरी आउने बिद्यार्थी पहिचानका लागि वडाबाट शिफारिस भै आउनु पर्ने उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धिसंगै बिद्यार्थीलाई प्राबिधिक धारतर्फ आर्कषण बढाउन नगरपालिकाले यस्तो अभियान सुरु गरेको शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयमा प्राबिधिकतर्फ ओभरसियर तथा सिभिल इन्जिनियरिङ् तर्फका पढाई हुदै आएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


