भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचना वाचनको ६३ औं शृङ्खला

भेषजराज साहित्य प्रतिष्ठान

वालिङ:

भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले आफ्नो नियमित रचना वाचनको ६३ औं शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानले वालिङ ८ भीमटारीस्थित पिरामिड कुटीमा  शनिबार नियमित रचना वाचनको ६३ औं शृङ्खला आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली लेखक संघ स्याङ्जाका अध्यक्ष तथा कवि मिलन समिरले भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचना वाचनसहित साहित्य सिर्जनामा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । नियमित रचना वाचन कार्यक्रम मार्फत सिर्जनशीलताका साथै वाचन कलाको विकासमासमेत टेवा पु¥याएको लेखक संघका अध्यक्ष तथा कवि समिरले उल्लेख गर्नुभयो । लेखन कला रहर र करले हुने होइन, स्वतःस्फुर्तरुपमा मनमा सिर्जना हुने कुरा हो । समाजमा भएका विकृति र विसंगतिलाई उजागर गर्नुकासाथै लेखन कला र बौद्धिक विकासमासमेत टेवा पु¥याउने उहाँले औंल्याउनुभयो । हाम्रो जीवनशैली र समाजसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आ—आफ्ना इच्छा अनुसारका सिर्जनालाई लिपीवद्ध गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा हरि अर्याल, विशाल ज्ञवाली, शिव अर्याल, दमकला बगाले, श्याम अर्याल, शङ्कर रेग्मी, कमल बगाले, केशवन्धु आचार्यलगायतले आ—आफ्ना रचना वाचन गरेका थिए ।
यसैगरी डा. अच्युतशरण अर्यालद्वारा लिखित “प्राकृतिक जीवनशैली” नामक पुस्तकको चर्चापरिचर्चासमेत गरिएको थियो । पुस्तकको चर्चा गर्दै नेपाल आदर्श क्याम्पसका निर्देशक दिपक लम्सालले जीवन के हो ? जीवन र प्रकृतिको सम्बन्ध, प्राकृतिक जीवनशैलीको महत्व र प्राकृतिक उपचार विधिका बारेको शुक्ष्म खोजसहितका गहन विषय पुस्तकमा समेटिएको बताउनुभयो ।

Facebook Comments Box
TOP