पृथक पाईला र शान्तीदुतको अग्निपथ कृतिको लोर्कापण
वालिङ :
शनिबार वालिङमा कृति लोर्कापण गरिएको छ । वैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोर्कापण गरिएको हो । वालिङ ८ का युवाकवि युवराज सुवेदीको पृथक पाईला मुक्तक संग्रह र शान्तिदुतको अग्निपथ कविता संग्रहको लोर्कापण गरिएको हो । देशभक्तिपुर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकरात्मक सन्देश तथा लेखकले आफ्ना जिवनको अनुभव र अनुभूति संग्रहमा समावेश गर्नुभएको छ ।
कृतिको लोर्कापण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोर्कापण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाष र साहित्यको लागी उर्वर भुमि रहेको भन्दै पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वति तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागी साहित्यीक कलमहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, सिक्किमबाट आउनुभएका कवि जिविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनि, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापालगायत जिल्लाका वरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आगन्तुक साहित्यकारहरु सहित स्मारिका अर्याल, सिजन अर्याल,गीता पाठक, मनिषा कोइराला, बावुराम रेग्मी, रामचन्द्र भट्टराई, कमलप्रसाद बगाले, आस्था पराजुली, ध्रुवप्रसाद शर्मा पंगेनीले आ—आफ्ना रचना वाचन गर्नुभएको थियो । पृथक पाईला मुक्तकको साहित्यकार वसन्त खनाल र शान्तिदुतको अग्निपथ कविताको साहित्यकार सम्भु अर्यालले टिप्पणी गर्नुभएको थियोे । कार्यक्रम वरिष्ठ साहित्यकार देविप्रसाद वनबासीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण मिलन समिरले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


